२८ आश्विन २०८३, बुधबार

ईन्द्र्धनुष क्लवको बेल्जियममा भब्य तीज कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baljem-3

बिष्णु सापकोटा

बेल्जियम । हिन्दु  नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम बेल्जियम लुभेन शहर अन्तर्गतको ब्रुल पार्कमा ईन्द्र्धनुष क्लवले भब्य रुपमा मनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुभेन नगरपालिका सँस्कृति विभाग अन्तर्गत रहनुभएकी डेनिस भान्दर भोर्त रहनु भएको थियो ।

उहाँले कार्यक्रममा सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई तीजको शुभकामना दिदैँ सँस्कृतिको आदान प्रदानबाट नेपाल र नेपालीलाई चिनाउन सहयोग पुग्ने बिचार व्यक्त गर्नुभयो ।

उहाँले नेपालीहरुका यस्ता कार्यक्रमहरुलाई आफ्नो व्यक्तिगत तथा नगरपालिकाको तर्फबाट सक्दो सहयोग पुग्ने पनि बताउनुभयो । कार्यक्रममा समाजसेजी सिता सापकोटाले तीजको बारेमा चर्चा गर्दै तीजको महत्वबारे प्रकाश पार्नुभयो ।

बेल्जियम एनआरएन आईसीसी सदस्य जानकी गुरुङले तीजलाई राष्ट्रिय पर्वको रुपमा लिनु पर्ने धारणा राख्नुभयो । उहाँले पनि सम्पूर्ण दिदीबहिनीहरु हरुलाई शुभकामना दिनुभयो ।

baljem-1

क्षेत्री समाजका अध्यक्ष मोहन खत्रीले सम्पूर्ण चेलीबेटीहरुलाई प्रवासमा भएपनि माईतिको सम्झना स्वरूप दर ख्वाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

क्लवका उपाध्यक्ष यसोदाले उपस्थित सम्पूर्ण अथिति तथा महानुभावहरुलाई स्वागत गर्नुभयो । अतिथिलाई क्लवका सदस्य शान्ति भट्टराई, कबिता थपलिया, जानु नेपाल तथा पुनम शर्माले ब्याज लगाई दिनुभएको थियो । औपचारिक कार्यक्रमको सभापतित्व  क्लवका अध्यक्ष सुर्य ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत गीतसंगै मोनालिसा पोख्रेल र एलिसाले  स्वागत   नाच प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन महासचिव बिष्णु सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा एनआरएन यूरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, नेपालबाट पाल्नु भएकी ख्यातिप्राप्त गायिका देविका केसी, क्लवका पुर्व अध्यक्ष  अनन्त गुरुङ तथा चितवन सहायता कोषकी अध्यक्ष पार्वती अधिकारी तथा बेल्जियममास्थित नेपाली संघ–सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको  थियो ।
औपचारिक कार्यक्रम समापनपछि क्षेत्री समाज बेल्जियमले सम्पूर्ण उपस्थिति दिदीबहिनीहरुलाई दर ख्वाएको थियो ।

कार्यक्रममा क्लवको तर्फ बाट शान्ति भट्टराई, यसोदा थापा, जानु नेपाल, कबिता थपलियाको सक्रियतामा बिङ्गो चिठ्ठा कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
चिठ्ठा कार्यक्रम अन्तर्गत प्रथम पुरस्कार अईप्याड, द्वितीय पुरस्कार सामसुङ ग्यालेक्सी मोबाईल फोन, तृतीय पुरस्कार गेसो लेडिज घडी लक्की ड्र अन्तर्गत क्रमश मीरा बटाजु, दीक्षा शर्मालाई प्रदान गरिएको थियो ।

त्यसैगरी हाल अमेरिकामा रहनु भएका नेपाली पप गायकओम बिक्रम बिष्ट तथा ख्यातीप्राप्त लोक गायिका देविका केसीलाई  क्षेत्री समाजका अध्यक्ष लगाएतले  क्लवका तर्फबाट सम्मान गरेका थिए ।

baljem-2

तीज कार्यक्रमलाई पदम गुरुङ, दिनेश उप्रेती, शान्ति भट्टराई, नारायण तथा सबिता अधिकारी, झलकमणि अधिकारी,  मीरा बटाजु, बासु खड्का, महेन्द्र भट्टराई, अनु खरेल, जयन्ता मैनाली, नेत्र मगरले आर्थिक सहयोग गर्नुभएको थियो । त्यसैगरी जानकी गुरुङ, छिरिंङ् शेर्पा, सोनाम शेर्पाले पनि आर्थिक सहयोग गर्नुभएको थियो ।

लान्गेत्रापेन रेस्टुरेन्टका प्रोप्राईटर बिनोध धिताल ले कार्यक्रममा ड्रिंगसको स्पोन्सर गर्नुृभएको थियो । कार्यक्रममा ईन्द्र्धनुष क्लवका पुर्व अध्यक्ष मिंन्ड गुरुङ महादेवको जस्तो भेष धारण गरी उपस्थित भएकोले महिला दिदीबहिनीहरुको नाचगानमा थप रौनकता छाएको थियो  ।

करिब चार सय महिला दिदीबहिनीको उपस्थिति रहेको उक्त कार्यक्रममा  क्लवका सदस्य गोपाल सिम्खडा, ओम प्रकाश गुरुङ, नरहरी सापकोटा लगाएत अन्य सहयोगीहरुको बिशेष सहयोग रहेको थियो ।