१ कार्तिक २०८३, आइतबार

‘ईयू–अमेरिकाबीचको व्यापारिक सम्झौता असफल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-EU-Tradingबर्लिन (जर्मनी), १३ भदौ । जर्मनीका भाइस चान्सलर तथा वित्तीय मन्त्री सिगमार गाब्रियलले युरोपियन युनियन (ईयू) र अमेरिकाबीच व्यापारिक सम्झौता प्रयास असफल भएको आइतबार बताउनुभएको छ ।

गाब्रियलले युरोपियनले अमेरिकीहरुको मागलाई मान्न तयार नहुँदा वार्ता विना उपलब्धि टुङ्गिएको जर्मनीको सार्वजनिक समाचार संस्था जेडीएफसँग बताउनुभएको जनाइएको छ । व्यापारिक सहमतिका लागि तत्कालका लागि अब केही अघि बढ्ने अवस्था छैन, गाब्रियलले बताउनुभयो ।

युरोप र अमेरिकाका मध्यस्थकर्ताले ‘ट्रान्स एटलान्टिक ट्रेड इन्भेस्टमेन्ट पार्टनरसिप’ का लागि प्रस्तावित सम्झौतालाई अन्तिम रुप दिने प्रयास जारी राखे पनि यो लगभग अहिलेका लागि टरेको छ, उहाँले थप्नुभयो ।

यसैबीच फ्रान्सका प्रधानमन्त्री म्यानुअल भल्जले ईयू– अमेरिकाबीच प्रस्तावित गरिएको व्यापारिक सम्झौताले सन् २०१६ को अन्त्यसम्म सफलता पाउने बताउनुभएको छ ।

यदि प्रस्तावित सम्झौता पास भएमा यो विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र बन्नेछ ।

सम्झौताले केही मल्टिनेसनल कम्पनीलाई फाइदा हुने भए पनि यो आम उपभोक्ताका लागि हानिकारक हुने भनी केही युरोपेली अर्थविद्ले आलोचना गरेका बताइएको छ । –एएफपी