२७ कार्तिक २०८३, शुक्रबार

गगन मन्त्री बन्दा ‘तुहियो’ महत्वपूर्ण प्रस्ताव, को-को दुःखी छन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-2

काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा मन्त्री नियुक्त हुँदा एउटा महत्वपूर्ण प्रस्ताव तुहिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउनबारे व्यवस्थापिका संसदमा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्ताव गगन मन्त्री बनेपछि तुहिएको हो ।

आफूहरुले संसदमा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव तुहिएपछि कांग्रेस केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत संसदमा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तावक गगन थापा नै स्वास्थ्य मन्त्री भएपछि तुहिएकाले आफू दुखित भएको बताएका छन् ।

कांग्रेस युवा नेता गगन थापाको प्रस्तावक, सांसदद्वय धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक बसेर संयुक्तरुपमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । ‘गगन थापा प्रस्तावक, श्याम श्रेष्ठ र म समर्थक भएर संसदमा दर्ता राखेको सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नै मन्त्री बनिसकेपछि अब उक्त प्रस्ताव संसदमा छलफल हुन नसक्ने भयो,’ गुरुङले ट्वीटरमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्– ‘प्रिय भाइ गगन मन्त्री बनेकोमा म अत्यन्त खुशी छु, तर मुलुकमा व्याप्त बेथितिविरुद्धको प्रस्ताव तुहिएकोमा म अत्यन्त दुखित छु ।’

शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी अनशमा बसेका बेला थापाको अगुवाइमा तीन संसद मिलेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

यस्तो छ धनराज गुरुङको ट्वीट:

dhanraj dhanraj-1