२७ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न सेनालाई रक्षामन्त्रीको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-mantri

काठमाडौं, १२ भदौ । नेपाली सेनाद्वारा नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँडलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुको साथै नवनियुक्त रक्षा मन्त्रीलाई बधाई ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रममा सम्बन्धित विभागका रथीबृन्दहरुबाट नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी र आगामी कार्यदिशा एवं अपरेशनल गतिविधि सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा रक्षामन्त्री खाँडले आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्र सुरक्षामा पुर्याउँदै आएको योगदानको उच्च कदर गर्नुभयो । साथै, नेपाल राष्ट्रको रक्षा गर्नु हामी सवैको जिम्मेवारी रहेको तथा नेपाली सेनाले नेपाल निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेको र नेपाली सेनाप्रति आफ्नो एवं सम्र्पुण नेपालीहरुको उच्च सम्मान रहेको बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न निर्देशन दिनु हुंदै नेपाली सेनाले सिमित साधन र श्रोतको बावजुत पनि राष्ट्र रक्षाको लागि गरेका कार्यहरुको उच्च मुल्यांकन गर्नु भयो । साथै, विभिन्न समयमा वीरगती प्राप्त गरेका नेपाली सैनिकहरुको वीरताको कदर गर्नु हुदैं हार्दिक समवेदना समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा बलाधिकृत रथी बलदेवराज महतले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा रक्षा सचिव महेश प्रसाद दाहाल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो ।