बुटवल, १२ भदौ । अर्घाखाँची जिल्लाको हंसपुर गाविसमा आज जिप दुर्घटना हुँदा नौँ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।
सन्धिखर्कबाट प्यूठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जिप हंशपुर गाविस ५ रतनमोर भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा १५ जना सवार रहेको बताइएको छ ।
घाइतेहरूको उद्दारमा प्रहरी र स्थानीय सक्रिय रहेका छन् । घटनासम्बन्धी पूर्ण विवरण आइसकेको छैन ।











प्रतिक्रिया