काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङ लागुऔषध कारोवारको अभियोगमा पक्राउ परेका छन् ।
कहिले धरान त कहिले झापामा लुक्दै हिँडेका गुरुङलाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
लागुऔषध एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले दिएको बयानका आधारमा दिनेश तामाङ भनिने दिनेश गुरुङ पक्राउ परेका हुन् ।
थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एमफेटामाइन धर्मकै भाइ पुर्ण पाख्रिन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको खुलेको ब्युरो स्रातले बताएको छ ।
धादिङ मार्पाकका गुरुङ विगतमा प्रहरी कार्वाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को समूहमा थिए ।
धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउनेदेखि हङककङसम्म पुगाउने धन्दामा उनी सक्रिय रहंदै आएका छन् ।
लागुऔषध कारोवार गरेकै भरमा उनले काठमाडौंमा बङगला खरिददेखि महंगा गाडी किनिसकेको ब्यूरोले जनाएको छ ।












प्रतिक्रिया