१ कार्तिक २०८३, शनिबार

यसवर्ष दसैँ तिहारमा कुनै वस्तुको अभाव नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goat-Khasi-boka

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताएका छन् ।

हरेक वर्षजसो दसैँ तिहारजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको अभाव यो वर्ष हुनेछैन, नेपाल टेलिभिजनद्वारा शनिबार प्रसारित कार्यक्रम ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा आज कुरा गर्दै प्रधानमन्त्री दाहालले भने -“यो वर्ष यातायातको पनि कुनै समस्या हुनेछैन ।”

आमजनताको जीवनमा प्रत्यक्ष अनुभूति हुनेगरी सूचना तथा सञ्चारलाई जोड्ने र त्यसको सदुपयोग कसरी गर्ने भन्नेबारेमा गम्भीर छलफल भइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरण गर्न पहल भइरहेको पनि बताए ।

उनले भारत र चीन दुवै छिमेकी मुलुकलाई नेपालको सहयोगीका रूपमा राख्ने वातावरण सिर्जना गर्नेतर्फ आफ्नो आगामी भ्रमण केन्द्रित हुने प्रष्ट पारे ।

विदेशमा रहेका लाखौं नेपालीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नेतर्फ आफू प्रधानमन्त्री भएकै दिनदेखि नै प्रयास गरेको र त्यसका लागि नीतिगत सुधार गर्ने तयारी भइरहेको पनि उनले बताए ।