२७ कार्तिक २०८३, शुक्रबार

माओवादीले भन्यो- प्रधानमन्त्री प्रचण्डले मोदीलाई पठाएको पत्र सार्वजनिक हुँदैन्

14.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-modi-800x445
काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक नगर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष दूत विमलेन्द्र निधीमार्फत केही दिनअघि मोदीलाई कुटनीतिक पत्र पठाएका थिए । पत्र पठाएको कुरा प्रचण्डले स्वीकार गरिसकेका छन् । पत्रमा के लेखिएको छ त्यो बाहिर आएको छैन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्र सार्वजनिक हुनुपर्ने माग राख्दै आएको छ ।

यसैक्रममा सरकार सञ्चालनका लागि माओवादीले गठन गरेको संयन्त्रका संयोजक नारायणकाजी श्रेष्ठले एक अन्तर्वार्तामा प्रचण्डले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न नमिल्ने भन्दै एउटा देशका सरकार प्रमुखले अर्को देशका सरकार प्रमुखलाई पठाएको पत्र सार्वजनिक गर्नु कूटनीतिक मर्यादाविपरीत हुने तर्क गरेका छन् । पत्रमा कुनै राजनीतिक विषय वा मुलुकको अहित हुने कुरा नरहेको उनको दाबी छ ।

एमालेले माग गर्दैमा पत्र सार्वजनिक नगर्ने भन्दै उनले कसैले दलीय स्वार्थबस नियतजन्य ढंगले एउटा सरकार प्रमुखले अर्को सरकार प्रमुखलाई लेखेको पत्र भोलिपल्टै सार्वजनिक गर भन्ने र सार्वजनिक गर्दै जाने हो भने त्यसले कूटनीतिक मर्यादाको उल्लंघन हुने बताए ।

श्रेष्ठले पत्रमा राष्ट्रिय सार्वभौमिकता वा राष्ट्रिय स्वाधिनताविरोधी कुनै कुरा नरहेको दाबी गर्दै विशेष विशेषदूत पठाउँदा ‘फलानो मान्छे मेरो विशेषदूत हो’ भनेर पठाउने सामान्य कुटनीतिक अभ्यास संसारभर रहेको तर्क गरे ।

एमाले आक्रामक

माओवादी केन्द्रले पत्र सार्वजनिक नगर्ने निष्कर्ष निकालेसँगै प्रतिपक्षी एमाले आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । उसले यो विषयलाई व्यवस्थापिका संसदको आजको बैठकमा जोडतोडका साथ उठाउने भएको छ । माग पूरा नभए संसद अवरुद्ध गर्नेसम्मको आक्रामक तयारीमा एमाले छ । प्रमुख सचेतक भानुभक्त ढकालले ‘राष्ट्रिय स्वाधिनताको विषयमा कसैले अर्काे मुलुकसँग झुक्नु हुँदैन् । भारतमा पत्र पठाएको विषयमा एमालेभित्र मात्रै होइन् मुलुकभरी जनचाँसो बढेको छ । यसको जवाफ खोज्नु स्वभाविक हो । जवाफ दिनुपर्छ,’ भनेका छन् । उनले संसदमा एमाले सांसदहरुले यो विषयलाई जोडदार रुपमा उठाउने बताए ।