२७ कार्तिक २०८३, शुक्रबार

रोल्पामा एक महिनामा नौजना बेपत्ता, हराउनेमा धेरै महिला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rolpa_districtरोल्पा, १२ भदौ । रोल्पा जिल्लामा साउन महिनामा नौ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा छ महिला, दुई बालक र एक पुरुष रहेका छन् ।

खोजतलासका लागि आफन्तले दिएको निवेदन अनुसार बेपत्ता हुनेहरुमा जेदबाङ गाविस– ३ की ३५ वर्षीया दिलमाया कामी, भावाङ–४ की ५१ वर्षीया चन्द्रकला डाँगी, ह्वामा– ९ की ३५ वर्षीया खुमाकुमारी घर्तीमगर र उहाँका दुई छोरा १२ वर्षीय साजन र सात वर्षीय दिप्लब रहेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

यस्तै बेपत्ता भएका अन्यमा तेबाङ– ८ की २१ वर्षीया थमा पुन, बडाचौर– ९ की १७ वर्षीया हैमला विष्ट र लिबाङ– ७ की २७ वर्षीया अनिता गिरी रहेका छन् । बेपत्ता भएकाहरुको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।