२७ कार्तिक २०८३, शुक्रबार

भारतलाई पत्र पठाएको जवाफ एमालेले माग्ने, संसद बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Nepalकाठमाडौं, १२ भदौ । झण्डै एक साताको स्थगनपछि बस्न लागेको व्यवस्थापिका संसदको बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग पत्र थमाएर भारत पठाएको विषयमा आजको संसद बैठकमा एमालेले जोडदार कुरा उठाउने तयारी गरेको हो ।

एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भन्नुभयो, ‘राष्ट्रिय स्वाधीनताको विषयमा कसैले अर्को मुलुकसँग झुक्नु हुँदैन । भारतमा पत्र पठाएको विषयमा एमालेभित्र मात्रै होइन मुलुकभरि जनचासो बढेको छ । त्यसको जवाफ खोज्नु स्वभाविक हो ।’

ढकालले समय लिएर भएपनि एमालेका सांसदहरूले कुरा उठाउने बताउनुभयो ।

एमालेले आफ्नो मुलुकको आन्तरिक विषयमा भारतलाई मुछ्न नहुने बताउँदै आएको छ । तर दाहाल सरकारले दुई उपप्रधानमन्त्रीहरूलाई चीन र भारत पठाएको थियो । यो विषयलाई एमालेले रुचाएको छैन ।

वर्तमान सरकारले के–के काम गर्दैछ भनेर उपप्रधानमन्त्री पठाइ भारतीय पक्षलाई पत्र थमाएको विषयमा एमालेले सदनमा कुरा उठाउने तयारी गरेको छ । संसदको बैठक बिहान एघार बजे बस्ने कार्यक्रम छ ।