वाशिंगटन डिसी । मानिस मनोरंजन गर्न र मन बहलाउन बिश्व भ्रमण गर्छन । नेपाल काभ्रे घर भै हाल न्युयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनाली भने केवल नेपाली समुदायमा रक्तदान सम्बन्धि सचेतना गर्न विश्वका भ्रमण गरि रहेका छन् ।
पछिल्लो समयमा उनले विश्वकै सबैभन्दा गरिब देश मलाविमा रक्तदान गरेर न्युयोर्क फर्के ।
उनले पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ रगत दान जीवन दान भन्ने मूल नारालाई साकार पार्न आफू निजी खर्चमा त्यहाँ पुगेर गैर आवासीय नेपाली संघको स्थापना गर्न मदत पनि गरे ।
रक्त संचार सेवा केन्द्रमा उपस्थित व्यक्तिहरुलाई रगत दानबारे आफ्नो अनुभब सुनाउदै सम्भावित रक्तदाताहरुलाई उत्प्रेरित गरेको बताए ।
१५६ औं पटक रगत दान गर्दै रक्तदान उत्प्रेरणा कार्यको लागि एक हजार डलर सहयोग गरेको बताए ।
त्यहाँ करीब १० लाख जनालाई एचआइभी, औलो, टाइफ़ाइड, प्लेग आदि रोग लागेको तथ्यांकले देखाएको छ ।
१ लाखमा ८ सय ७ सुत्केरी तथा गर्भवती महिलाहरुले जीवन गुमाई रहेका छन् ।
आफूले रक्तदान गरेपछि त्यहाँ रहेका नेपालीहरुबारे खोज खबर गरि भेटघाट गरेको कुरा सुनाउदै करिब ४० जना नेपालीहरु रहेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
उनले मलाविमा गत अगष्ट २०, २०१६ मा एनआरएन गठन भएको जानकारी दिएका छन् । संस्था गठन हुँदा आफूले सहयोग स्वरुप स्थानीय १८ हजार रकम शुभकामना स्वरुप प्रदान गरेको बताए ।
नव गठित मलाबी एनआरएनए संस्थाका पदाधिकारिहरुमा अध्यक्षमा दीपक पोखरेल, उपाध्यक्षमा डम्बर थापा तथा सचिबमा सबिन थापा रहेका छन् ।
कोषाध्यक्षमा अनिल खत्री तथा सदस्यहरुमा कुमार बस्नेत, पदम शर्मा तथा राजन बस्नेत रहेका छन् ।
















प्रतिक्रिया