२८ आश्विन २०८३, बुधबार

छाती देखाउन पाउनुपर्‍यो भन्दै सडकमा नांगै परेड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naked-in-USA

एजेन्सी

अमेरिकामा महिलाहरु समानता माग्दै नांगै सडकमा आइपुगेका छन् । छाती देखाउने विषयमा महिला र पुरुषबीच समानता हुनुपर्ने भन्दै अमेरिकाको न्युयोर्कमा महिलाहरुले परेड खेलेका हुन् ।

आइतबार भएको परेडमा वक्षस्थल खुल्लै राखेका महिलाहरूले परेड गरेका हुन् । वक्षस्थल खुल्ला राखेका महिलाहरूलाई पुरुषहरूले पनि खुल्ला छातीसहित साथ दिएका दिए ।

प्रदर्शनकारीले छाती देखाउन पाउनुपर्ने अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । शरीरको माथिल्लो भाग खुल्ला राख्नुपर्ने दिवसको सन्दर्भमा उनीहरूले परेड गरेका थिए । आइतबार भएको प्रदर्शनको थिम थियो, ‘बुबी ट्रयाप’ ।

प्रदर्शनकारीको माग छ, ‘सार्वजनिक स्थलमा पुरुषहरूलाई शरीरको माथिल्लो भाग खुल्ला राख्ने अधिकार हुन्छ भने, महिलालाई किन नहुने । यदि महिलालाई यस्तो अधिकार दिइन्न भने पुरुषहरूले पनि छाती छोप्नुपर्छ ।’

naked-in-USA2