३० आश्विन २०८३, शुक्रबार

पानी कार्टेलिङका ‘मतियार’ पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paniकाठमाडौं, १० भदौ । राजधानी उपत्यकामा पानी (बोतलको मिनरल वाटर) उत्पादन र वितरणमा एकाधिकार जमाउँदै मनोमानी मूल्य कायम गरेको आरोपमा काठमाडौं जिल्ला प्रशासनले एम इन्टरनेसनलका अध्यक्षलाई सोमबार नियन्त्रणमा लिएको छ।

नेपाल बोटल वाटर उद्योग संघले पानी ‘कार्टेलिङु मा मतियार बनाएको एम इन्टरनेसनलका अध्यक्ष सुरेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंमा राखेको छ।

संघका अध्यक्ष किशोर मानन्धरलाई भने अझै पक्राउ गरिएको छैन।

शाक्यले संघकै रोहवरमा पानीमा एकाधिकार कायम गरी मनोमानी मूल्य राखेको र बोतलमा गैरकानुनी रुपमा स्टिकर टाँसेको पाइएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासनको दाबी छ।

‘एमको कार्यालयमा छापा मार्दा धेरै गैरकानुनी काम गरेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले नागरिकसँग भने, ‘शाक्यलाई प्रतिस्पर्धा ऐनविरुद्व काम गरेकाले पक्राउ गरिएको हो।’

शाक्यले गैरकानुनी रुपमा पानी भण्डारण गरी बजारमा कृत्रिम अभाव सिर्जना गर्न खोजेको भन्दै काठमाडौं प्रशासनले बिहीबार नै एमका सबै डिपो सिलबन्दी गरेको थियो।

गौतमका अनुसार एमको कार्यालय नभेटिँदा कारबाही अघि बढाउन ढिलाइ भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले सोमबार हाजिर हुन आएका बेला शाक्यलाई प्रशासन कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको जानकारी दिए।

संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता समितिअन्तर्गत उपसमितिले सोमबार बेलुकासम्म पानी कार्टेलिङमा संलग्न शाक्य र संघका अध्यक्ष किशोर मानन्धरलाई पक्राउ गरी कारबाही गर्न आदेश दिएको थियो।

मानन्धरलाई भने पक्राउपुर्जी जारी गर्न नमिलेको प्रशासनस्रोतले जनाएको छ।

मानन्धरको समेत सहयोगमा शाक्यले पानी उद्योगीलाई समेत दबाबमा पारेर कार्टेलिङमा सामेल गराउँदै आएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले पनि दोषी ठहरिएका व्यवसायी तथा संस्थालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न प्रहरीलाई पत्र काटिसकेको छ। ललितपुर जिल्ला प्रशासनले आफ्नो क्षेत्रमा रहेका एमका तीन स्टोर आइतबार र सोमबार सिलबन्दी गरेको छ।