२७ कार्तिक २०८३, शुक्रबार

ज्वाईले रोजेको मन्त्रालय ससुराले खोसेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-narsing-and-gagan-650x315

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका १३ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

जसमा नाताले ज्वाई-ससुरा पर्ने अर्जुननरसिंह केसी र गगन थापा पनि परेका छन् । दुबैले ११ जना अन्य नेतासहित एकसाथ राष्ट्रपति विद्या भण्डारीबाट देश र जनताको नाममा सपथ लिए ।

गगन आफ्नो राजनीतिक जीवनकालमा पहिलोपटक मन्त्री बनेका हुन् । तर, पहिलोपटक मन्त्री बनेपनि उनले ससुरा अर्जुननरसिंहका कारण आफ्नो रोजाईको मन्त्रालय नै पाएनन् । ससुराको अडानका कारण गगन आफ्नो रोजाईको मन्त्रालय साट्न बाध्य भए ।

यसरी खोसियो गगनले रोजेको मन्त्रालय

पहिले गृह वा शिक्षामा दाबी गर्दै अर्जुननरसिंह सरकारमा जानै मानेका थिएनन् । गृह विमलेन्द्र निधीलाई दिएपछि त उनले सपथ नै खाएनन् ।तर, अहिले शिक्षा पाउने भएपछि उनी मन्त्री बन्न तयार भए । कृष्ण सिटौला पक्षबाट उनकै ज्वाई गगनलाई सहरी विकास मन्त्रालय दिने मोटामोटी सहमति भयो । तर, उता माओवादीका डिआर पौडेलले स्वास्थ्य मन्त्री होइन शिक्षामा बल गरे । र, सभापति देउवा पक्षका अर्जुननरसिंहको भागमा स्वास्थ्य आइलाग्यो । अब अर्जुननरसिंहलाई स्वास्थ्य र गगनलाई सहरी विकास मन्त्रालय भन्दै देउवा पक्षका नेताले नै प्रचार गरे । तर, अन्ततः बिहीबार साँझ ज्वाईं ससुराको मन्त्रालय साटियो । अर्जुननरसिंहलाई सहरी विकास र गगनलाई स्वास्थ्य दिने टुंगो लाग्यो । मन्त्रालय साटफेर ससुरा अर्जुननरसिंहको जोडबलमा भएको स्रोत बताउँछ । किनकी यसअघि उनले स्वास्थ्य मन्त्रालयमा नजाने बताउँदै आएका थिए । फलस्वरुप शुक्रबार अर्जुननरसिंहले सहरी विकास मन्त्रालय सम्हाले भने, गगनले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरे ।