२७ कार्तिक २०८३, शुक्रबार

अहिले पनि राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा छ : कांग्रेस नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman Singhकाठमाडौं, १० भदौ । स्व.मंगलादेवी सिंहको २१औँ स्मृति दिवसको अवसरमा काठमाडौंको शोभगवतीमा उहाँको शालिकमा माल्याणर्पण गरेर स्मरण गरेका छन् ।

कांग्रेस नेता तथा कार्यकर्ताले आज बिहान नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको योगदानको स्मरण गर्दै शालिकमा माल्याणर्पण गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूले स्व.सिंहको योगदानको चर्चा गरे । उनीहरूले प्रजातन्त्र र महिलाहरूको अधिकारका लागि स्व.सिंहले महत्वपूर्ण भूमिका खेलेकै कारण महिलाहरू उच्च पदसम्म पुग्न सकेको बताएका थिए ।

कांग्रेसका नेता तथा स्व.सिंहका पुत्र प्रकाशमान सिंहले महिलाहरूको हकहितमा जाहानीयाँ राणाशाकबिरुद्ध आन्दोलन गर्नु आफैमा जोखिमपूर्ण काम रहेको बताउँनु भयो । उहाँले भन्नुभयो, ‘स्वर्गीय मंगलादेवी सिंहले राणाशानविरुद्ध विरोधको स्वर उठाउनुभयो । उहाँको योगदानको अहिले पनि उत्तिकै महत्वपूर्ण छ ।’

मुलुकको राष्ट्रिय राजनीति अझै पनि चुनौतीपूर्ण रहेको बताउनुभएका सिंहले भन्नुभयो, ‘चुनौतीको सामना गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजान स्व.सिंहको मार्गदर्शनको सबैले स्मरण गरौँ ।’

कांग्रेस र शुभेच्छुकहरूले नेपाल महिला संघकी संस्थापक नेतृ स्व.सिंहको स्मरण मुलुकभरि आज विभिन्न कार्यक्रम गरेर २१औँ स्मृति दिवस मनाउँदैछन् ।