१ कार्तिक २०८३, आइतबार

चलचित्र निर्माता संघको साधारण सभा मसिर पहिलो साता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajkumar Raiकाठमाडौं । नेपाल चलचित्र निर्माता संघले आफ्नो १४औँ वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचन कात्तिक पहिलो साता गर्ने निर्णय गरेको छ ।

संघद्वारा बिहीबार जारी विज्ञप्ति अनुसार मसिर ४ गते शनिबार राजधानीमा साधारण सभा र नयाँ निर्वाचन हुनेछ । साधारण सभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।

निर्माता संघका अहिलेका अध्यक्ष राजकुमार राई हुन् । राई चलचित्र विकास बोर्डका अध्यक्ष समेत छन् ।

विभिन्न बिबादबाट गुज्रिदै आएको निर्माता संघमा दुई समूहले प्रस्तिस्पर्धा गर्नेछन् । प्रजातान्त्रिक र बामपन्थी समूहको कडा प्रतिस्पर्धा हुनेछ ।

निर्माता संघमा बामपन्थीभन्दा प्रजातान्त्रिक समूहको बर्चस्व रहेको छ ।

१४औँ साधारण सभाले नेपाली फिल्मको समग्र विकासका लागि विशेष निर्णय लिने निर्माता तथा नायक करन श्रेष्ठ बताए ।

‘फिल्मको विकासका लागि निर्माताले संघले नै विशेष पहल लिनुपर्छ’, उनले भने, ‘१४औँ साधारण सभा यसपटक विशेष बनाउनु पर्छ ।’