२७ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाको कार्यदलले आजदेखि काम थाल्ने, फाइल आफै अगाडि बढाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaकाठमाडौं, १० भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठन गरिएको तीन सदस्यीय कार्यदलले आजबाट आफ्नो औपचारिक काम थाल्ने भएको छ ।

कार्यदल सदस्य एवम् सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार मधेसी मोर्चाको कार्यदलले सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयनमा सरोकारवाला निकायलाई दबाब दिन सुरू गर्ने बताउनुभयो ।

‘तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकारलाई दबाब दिने छौँ’, उहाँले भन्नुभयो, ‘सम्भव भएसम्म प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर तीन बुँदे कार्यान्वयनका लागि दबाब दिइनेछ ।’

कार्यदलले विशेष गरेर संविधान संशोधनका लागि प्रस्ताव तयार पार्न र राजनीतिक मुद्दा फिर्ता, न्यायिक आयोगलाई पूर्णता दिन दबाब दिनेछ ।

कार्यदलमा सद्भावना पार्टीबाट मनीषकुमार सुमन, तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव र संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत रहेका छन् ।