२७ कार्तिक २०८३, शुक्रबार

दाङमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

दाङ, १० भदौ । दाङको बिजौरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन ।

विजौरीको डुरुवा कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विहीबार दिउँसो विजौरी–७ खोलीगाउँका ४१ वर्षीय माधु चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर खोलीगाउँकै १७ वर्षीय गलुवा चौधरी र ३० वर्षीय प्रेमलाल चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ । घाइतेको राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । रासस