२७ कार्तिक २०८३, शुक्रबार

काँग्रेसले टुंगो लगायो १३ मन्त्रीको नाम, गगन थापा पनि मन्त्री बने (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa (1)

काठमाडौँ, ९ भदौ । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको छ ।

काँग्रेसका शीर्ष नेताहरुबीच बिहीबार बिहान भएको छलफल भएपछि मन्त्रीको सूची तयार भएको हो । मन्त्री बन्नेमा अजुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङ रहेका छन्। शुक्रबार शपथ हुने काँग्रेसले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसले १३ मन्त्रालय पाएको छ । तर, काँग्रेसबाट मन्त्रीको संख्या बढ्ने भएको छ ।  काँग्रेसबाट यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भएका छन् ।

कुन मन्त्रीलाई कुन मन्त्रालय ? 

  • अर्जुननरसिंह केसी- शहरी विकास
  • प्रकाशशरण महत-परराष्ट्र
  • बालकृष्ण खाँड- रक्षा
  • सूर्यमान गुरूङ-श्रम तथा रोजगार
  • केशवकुमार बुढाथोकी- सामान्य प्रशासन
  • रोमि चौचन थकाली- बाणिज्य
  • सीतादेवि यादव- शान्ति तथा पुनर्थापना
  • जीवनबहादुर शाही- पर्यटन
  • दीपक गिरी- सिँचाइ
  •  नविन्द्रराज जोशी- उद्योग
  • शंकर भण्डारी- बन
  • गगन थापा- स्वास्थ्य
  • हृदयराम थानी- सहकारी तथा गरिवी निवारण