काठमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले साँचो बोल्ने नैतिक बल गुमाईसकेको बताएका छन् ।
सत्य बोल्दा आफ्नो बदनाम हुने ठानेर प्रचण्डले अफवाह फैलाउन थालेको ओलीले आरोप लगाउनु भएको छ ।
उपचारका लागि थाइल्याण्ड जानुुअघि विहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्नेक्रममा ओलीले साँचो बोल्ने आँट नभएका मान्छेका बारेमा कुनै प्रतिक्रिया नदिने बताए ।
केपी ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनले त्यहाँस्थित बुमरङगार्ड अस्पतालमा उपचार गराउने कार्यक्रम रहेकोछ ।
त्यसपछि उनी चेङमईमा भएका नेपालीहरुको कार्यक्रममा सहभागी हुने र इण्डोनेशियामा आयोजित कार्यक्रमलाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओलीलाई बिदाइ गर्न विमानस्थलमा कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतका नेताहरु पुगेका थिए ।
यसैगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा एमालेलाई जानकारी नभएको पनि बताएका छन् ।
















प्रतिक्रिया