काठमाडौं, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्रबारे मुख खोलेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्र सार्वजनिक गर्न माग गरेपछि प्रम प्रचण्डले मोदीलाई विशेष दूतमार्फत पत्र पठाएको स्वीकारेका हुन् ।
सरकारलाई सहयोग गर्न माओवादीले बनाएको संयन्त्रको विहीबार बसेको बैठकमा प्रचण्डले पत्र पठाएको स्वीकार गर्दै एमालेले भनेको जस्तो संविधान संशोधनबारे त्यसमा कुनै प्रतिबद्धता नरहेको स्पष्ट पारेका छन् ।
संयन्त्रका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले मादीलाई सामान्य पत्र पठाएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले सामान्य कूटनीतिक पत्रमात्र पठाउनुभएको हो, एमालेले भनेको जस्तो संविधान संशोधनबारे पत्रमा केही भनिएको छैन,’ उनले भने ।
प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत भ्रमणमा गएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर प्रचण्डको पत्र हस्तान्तरण गरेका थिए ।












प्रतिक्रिया