२८ आश्विन २०८३, बुधबार

जोडिएर सुत्ने दम्पत्ति खुशी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sleep-sex

तपाईंहरू आफ्नो जोडीसंग सुत्दा बीचमा कति ठाउँ छाड्नुहुन्छ ? दम्पत्ति सुत्दा हुने दूरीका आधारमा अनुसन्धानकर्ताहरूले एक तथ्य पत्ता लगाएका छन् । अध्ययनका अनुसार जोडी सुत्दा दूरी जति कम हुन्छ, उनीहरूबीचको संबन्ध त्यति नै सुमधुर हुन्छ । दूरी एक इञ्चभन्दा कम हुने जोडीबीचको संबन्ध ३० इञ्चभन्दा बढी दूरी बनाउने जोडीको भन्दा बढी सुमधुर हुने अनुसन्धानकर्ताको दाबी छ । यस्तै, शरीर नछुवाउने भन्दा छुवाएरै सुत्ने दम्पत्तिको जीवन सुखी र खुशी हुने देखिएको छ ।

एडिनबर्ग इन्टरनेशनल साइन्स फेस्टिभलको एउटा भागको रुपमा १ हजार मानिसबीच गरिएको अनुसन्धानमा दम्पत्तिको सुत्ने शैलीका बारेमा रोचक तथ्य सार्वजनिक भएको थियो । जसअनुसार ४२ प्रतिशत दम्पत्तिले ढाड जोडेर, ३१ प्रतिशतले एकापट्टि फर्केर एउटै पोजिशनमा र ४ प्रतिशतले आमनेसामने गरेर सुत्ने गरेको बताएका थिए । यस्तै, १२ प्रतिशतले १ इन्चभन्दा कम दूरीमा र २ प्रतिशतले ३० इन्चभन्दा बढी दूरी बनाएर सुत्ने गरेको पाइएको थियो ।

युनिभर्सिटी अफ हर्टफोर्डसायरका मनोविद् प्राध्यापक रिचर्ड वाइजम्यान भन्छन्, ‘एउटा महत्वपूर्ण फरक भनेको शरीर छुनेमा पाइयो, एकआपसमा छोएर सुत्ने ९४ प्रतिशत दम्पत्ति संबन्धमा खुशी रहेको पाइयो, जबकि शरीर नै नछुनेहरूबीचको संबन्ध राम्रो रहेको पाइएन ।’ (एजेन्सी)