१ कार्तिक २०८३, आइतबार

कतारले अवैध कामदारलाई आममाफी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doha-Qatar

दोहा । कतारले अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले आउँदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो ।

यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार स्वदेश फर्किन पाउने छन् ।

कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।