काठमाडौँ, ९ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार ठगी मुद्दाका एक आरोपीलाई पक्राउ गरेको छ ।
ब्युरोका प्रहरी उपरीक्षक सुरेशविक्रम शाहका अनुसार वैदेशिक रोजगारीको ठगी मुद्दामा यसअघि नै वैदेशिक रोजगार न्यायाधीकरणले दोषी ठह¥याएका सञ्जीवकुमार शाहलाईकाठमाडौं जोरपाटीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको हो । शाह विभिन्न व्यक्तिसँग रकम उठाई फरार भएका थिए ।
सिराहा खिरौना–७ का शाहले २४ लाख २५ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको छ । शाहले बेलायत पठाइदिन्छु भन्दै रकम उठाएको, रकमसमेत फिर्ता नदिएको र रोजगारीमा समेत नपठाएको भन्दै पीडितका तर्फबाट रामकृष्ण धितालले उजुरी दिनुभएको थियो । रासस
















प्रतिक्रिया