१ कार्तिक २०८३, शनिबार

नेपाली जनसम्पर्क समिति क्यानडाको तुल्सी पौडेललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_2887क्यानडा । नेपाली जनसम्पर्क समिति, क्यानडाको अगष्ट २०, २०१६ शनिबार राष्ट्रियता, लोकतन्त्र र समाजबादमा विश्वास राख्नु हुने क्यानाडामा बसोबास गरी रहनको जनसमुदायहरूको ऐतिहासिक बिशेष भेला सम्पन्न भएको छ ।

तत्कालीन नेपाली जनसम्पर्क समिति विभागीय प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको प्रमुख आतिथ्यमा क्यानडाका लागि नेपाली महामहिम राजदुत कालीप्रसाद पोखरेल तथा एनआरएन अध्यक्ष तुल्सी प्रसाद सापकोटाको समुपस्थितीमा नोभेम्वर २८, २०१५ मा संस्थाको प्रथम अधिवेशन उद्घाटन भै विविध कारणबश स्थगित हुन पुगेको थियो ।

पूर्व समिति विघठन भैसकेको र अधिबेशन समेत स्थगित भएकोले बिगत लामोसमय देखि हालसम्म कार्यसमिति नरहेको अबस्थामा संस्थाका कार्यक्रमहरु तथा सांगठनिक बिकासमा अन्ल्योलको बातावरण सिर्जना भएको महसुश गर्दै यहि अगष्ट २० गते मिसिसागा क्यानडामा प्रजातन्त्रप्रेमी साथीहरुको बृहत भेलाको आयोजना गरिएको थियो ।

समाजका अग्रजहरु लगायत लोकतन्त्र प्रति आस्थावान मित्रहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त भेलाले संस्थाका पूर्व केन्द्रिय सदस्य ऋषि तिवारीको संयोजकत्वमा गठित समिति बाट ल्याईएको प्रस्ताव माथि व्यापक छलफल गर्दै सर्वसम्मत रुपमा पूर्व कार्यसमिति सदस्य तुल्सी पौडेलको सभापतित्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको नामावली

सभापति– तुल्सी पौडेल

उपसभापति– सुरज पाण्डे

महामन्त्री– दीपक सापकोटा

कोषाध्यक्ष– विद्याभूषण कार्की

सहमहामन्त्री– विनय न्यौपाने

सदस्यहरू

ऋषि तिवारी, अम्बिका ज्ञवाली, सूर्य सापकोटा, ऋषिकेश घिमिरे, रामबाबु थापा अन्जु बिष्ट , दीपेन्द्र पौडेल, लक्ष्मण पाण्डे, कमला शर्मा, जगन्नाथ रेग्मी, सुदीप खनाल, विवेक पाण्डे, नवीन न्यौपाने, बुद्धिराज शर्मा