अर्घाखाँची, ९ भदौ । रोजगारीको सिलसिलामा कतारमा मृत्यु भएका तीनजनाको परिवारलाई अर्घाखाँची सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँचीबाट कतारमा रोजगारीका लागि गएको समयमा विभिन्न कारणले मृत्यु भएका रोमाकान्त चुँदाली, नरेश अधिकारी र देवेन्द्र थापाको मृत्यु भएपछि अर्घाखाँची सेवा समाज कतारले कतारमा सङ्कलन गरेको एक लाख दुई हजार २०२ रकम सोमबार सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो ।
सङ्कलित रकम कार्यक्रमका प्रमुख अतिथि कमलप्रसाद भुसाल र कार्यक्रमका सभापति क्रान्ति सिंहले मृतक तीनजनाको परिवारका सदस्य वसन्ता चुँदाली, वसन्ता अधिकारी र मानबहादुर बस्नेतलाई जनही ३४ हजार ६७ का दरले वितरण गर्नुभयो । रासस














प्रतिक्रिया