काठमाडौं । एउटै मञ्चमा एकसाथ आयोजना हुन लागेको ती सौन्दर्य प्रतियोगिता ‘मिस राजधानी २०१६’, ‘मिस्टर राजधानी २०१६’ र ‘मिसेज राजधानी २०१६’को प्रशिक्षण सुरु भएको छ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीका लागि प्रशिक्षण सुरु भएको आयोजक एक्सपोज नेपालले जनाएको छ ।
प्रतियोगिताको दोस्रो चरणको अडिसन आगामी भदौ १० गते रानजधानीमा हुँदैछ । यसबाट छानिएका प्रतियोगी पनि प्रशिक्षणमा सहभागी हुनेछन् ।
तीनमध्य ‘मिस राजधानी’ १५ देखि १९ वर्ष उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्ष उमेरका युवा र ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाहरूको सहभागिता रहनेछ ।
युवायुवती साथै विवाहित महिलाहरूको प्रतिभा निखार्दै जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए । प्रतियोगिताले प्रतिभावान र बौद्धिक व्याक्तिको क्षमतालाई सबैसामु उजागर गर्ने शाहीको विश्वास छ ।
बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रने प्रतियोगीले शीर्ष सहित १६ विभिन्न विधागत पुरस्कार जित्न सक्नेछन् ।















प्रतिक्रिया