२८ आश्विन २०८३, बुधबार

केन्यामा विषाक्त रक्सी सेवनका कारण ६० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kenya

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा विषाक्त रक्सी सेवनका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने कयौं बिरामी परेका छन् । कयौको दृष्टि गुमेको छ ।

केन्याको इम्बु, किटुइ लिमूर र कियाम्बु सहरका बासिन्दाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती सर्वसाधारणले एकै ब्राण्डको रक्सी सेवन गरेका थिए ।

रक्सीमा मिथेनल रसायन मिसिइएको हुन सक्ने आशंका गरिएको छ । यस काण्डमा उद्योग सञ्चालकलाई पक्राउ गरिएको छ । केन्यामा घरेलु रक्सी सेवन अत्यधिक गरिन्छ । एजेन्सी