२७ कार्तिक २०८३, शुक्रबार

ससुराका कारण फेरि फसे गगन थापा!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-narsing-and-gagan-650x315

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसमा ससुरा अर्जननरसिंह केसी र ज्वाई गगन थापाबीचको द्वन्द्व पार्टीको महाधिवेशनमा देखिइसकेको छ । यो आन्तरिक द्वन्द्वको असर परिवारमा समेत देखिएको थियो ।

पार्टीमा केसी सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका नेता हुन् भने थापा प्रभावशाली नेता एवं पार्टीमा प्रभाव बढाउँदै गइरहेका कृष्ण सिटौला समूहका हुन् ।

अहिले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा मन्त्री चयनका क्रममा फरक फरक समूहका ससुरा र ज्वाईबीच फेरि आन्तरिक द्वन्द्व सिर्जना भएको हो । पार्टीले दुबैलाई मन्त्री बनाउने तयारी गरेको छ । तर, मन्त्रालयमा विवाद छ ।

कृष्ण सिटौला समूहले भागवण्डामा एक मन्त्रालय पाएको छ । जसमा थापाको नाम चर्चामा छ । नेताहरुका अनुसार यो समूहबाट भीमसेनदास प्रधान र गगन थापामध्ये एक जना मन्त्री बन्ने छन् ।

गगनले सहरी विकास मन्त्रालय पाए मन्त्री बन्ने संकेत दिएका छन् । तर, अर्जुननरसिंहले पनि सहरी विकास मन्त्रालय नै चाहेका छन् । र, उनी मन्त्री भएको अवस्थामा ज्वाइँ गगन थापा मन्त्री बन्ने छैनन् । किनकि अर्जुनले पनि खानेपानी मन्त्रालय गाभेर सहरी विकास मन्त्रालय सम्हाल्ने सोच बनाएका छन् । दुबैले चाँहेको मन्त्रालय एउटै परेपछि पहिलोपटक मन्त्री बन्न लागेका गगनको बाटोमा ससुरा अर्जन तगारो बनेका हुन् ।

यसैकारण सिटौला समूहबाट गगनको स्थानमा भीमसेनदास प्रधान मन्त्री बन्ने भएका छन् । सिटौला समूहका एक नेताका अनुसार केसी मन्त्री बने गगन सरकारमा जान अफ्ठ्यारो छ । त्यस्तो अवस्थामा भीमसेन प्रधान जानेछन् । गगन ब्याक हुनेछन् ।