काठमाडौं । नेपाली नारीहरुको महान् चाड तीजको अवसरमा गायिका सरिता पन्थीको तीजको कोशेली ‘ओए मोरी’ सार्वजनिक भएको छ । तीजको कोशेली ‘ओए मोरी’ मा शब्द तेज प्रसाद पाण्डे, संगीत सुरेश सेञ्चुरी र स्वर सरिता पन्थीको रहेको छ ।
राजेश विश्वकर्माले निर्देशन गरेको यो भिडियोमा श्रृंगार सपना राना, क्यामेरा सुशान्त कार्की, सम्पादन प्रेम नेपाली, नृत्य जिवन मिश्र, गोपाल बुढा मगर र शिव क्षेत्रीको रहेको छ ।
बागेश्वरी संगीतालयको प्रस्तुति रहेको गीतको पोष्ट प्रोडक्सन बागेश्वरी संगीतालयले नै गरेको छ । गायिका पन्थी लामो समय देखि बुटवललाई कर्मथलो बनाएर गायनमा सक्रिय छिन् ।
















प्रतिक्रिया