२७ कार्तिक २०८३, शुक्रबार

एमालेमा जनताको आकर्षण, कांग्रेसको किल्लामा एकैदिन एमालेका तीन मोर्चा गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml parbat

– गणेश गिरी

पर्वत, ८ भदौ । नेकपा एमालेमा जनताको आकर्षण पछिल्लो समय बढेर गएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका जनतामुखी लोकप्रिय कार्यक्रमका कारण एमालेमा जनताको आकर्षण बढेर गएको हो ।

यसैवीच एमालेको कमजोर पृष्ठभूमि मानिएको पर्वतको चुवामा एमालेको तीनवटा मोर्चा संगठनको गठन र वडा कमिटिको पुनर्गठन भएको छ । चुवामा आयोजीत एक भेलाका वीच अनेमसंघ, युवा संघ र जाति उत्पीडित मुक्ति समाजको गठन गरिएको हो । भेलालाई एमाले पर्वतका अध्यक्ष पदम गिरीले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष गिरीले एमालेमा जनताको आकर्षण बढेको जिकिर गरे ।

राष्ट्रियता, जनजीविकाको सबालमा एमालेले सधै परिणामुखी काम गर्दै आइरहेकोले एमालेमा जनताको विश्वास यथावत रहेको अध्यक्ष गिरीको धारणा छ । पछिल्लो ९ महिने सरकारले मनमोहन अधिकारीको नेतृत्वमा रहेको ९ महिने सरकारले जत्तिकै लोकप्रिय र जनमुखी काम गरेका कारण एमाले नै जनताको पार्टी रहेको सावित भएको समेत बताए ।

कार्यक्रममा एमाले पर्वतका उप सचिव गोविन्द पहाडीले एमालेको कमजोर क्षेत्रको रुपमा चिनिएको चुवामा विभिन्न मोर्चा गठन हुनु र पार्टी प्रवेशको क्रम नरोकिनुले एमाले अझै जिम्मेवार पार्टी बन्न अभिप्ररित भएको धारणा ब्यक्त गरे । एमालेले महिला, दलित र युवाहरुका लागि विशेष प्रकारका परिणामुखी बजेट र नीति तथा कार्यक्रममा ल्याएपनि त्यसको कार्यान्वयनमा अवरोध भएको भन्दै एमालेको नीतिमा देश हिडेमा छोटो अवधिमा देशले नयाँ मुहार फेर्ने उप सचिव पहाडीको दाबी छ ।

कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य शिवालल सार्की, मुगा पोख्रेल, अनेमसंघ पर्वतकी अध्यक्ष कमला पन्त लगाएतले आफनो धारणा राखेका थिए । भेलाले शोभा पौडेल जिसिको अध्यक्षतामा अनेमसंघको १३ सदस्यीय कमिटिको गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला पोखरेल, सचिवमा मञ्जु जिसी, सह सचिवमा प्रसन पोखेरल, कोषाध्यक्षमा कमला गिरी र सदस्यहमा बुछिद्धमाया पौडेल, यसोदा पौडेल, सिता सुवेदी, मनिषा क्षेत्री, देवी पौडेल, चन्द्र पोखरेल, गीता चापागाई र मञ्जु पौडेल रहेका छन ।

यसैगरी भेलाले रामबहादुर परियारको अ्रध्यक्षतामा ७ सदस्यीय मुक्ति समाजको समेत गठन गरेको छ । समाजको उपाध्यक्षमा मिलन परियार, सचिवमा अर्जुन परियार, सह सचिवमा किशान परियार र कोषाध्यक्षमा सुनि विक रहेका छन । यसैगरी सदस्यहरुमा गणेश परियार र रजम परियार रहेका छन ।

भेलाले धन्जय पौडेलको अध्यक्षतामा १३ सदस्यीय युवा संघ वडा कमिटिको समेत गठन गरेको छ । संघको उपाध्यक्षमा सुवास पौडेल, सचिवमा राम क्षेत्री, सह सचिवमा बलेन्द्र भण्डारी, कोषाध्यक्षमा विष्णु विक र सदस्यहरुमा महेन्द्र परियार, गोपाल जिसी, अमिर गिरी, विशाल दर्जी, केशव चापागाई, शान्ति नेपाली, र पुजा पौडेल रहेका छन ।

यसैगरी रिक्त रहेको वडा कमिटिको सचिवमा नारायण पोख्रेल चयन भएका छन । वडा कमिटिका रिक्त अन्य सदस्यहरुमा गोपाल विकस, यमनाथ पोख्रेल, कृषण प्रसाद सुवेदी, झलक शमा्र्र ढाकाराम नेपाली र शोभा जिसीलाई चयन गरिएको छ । भेलाको अध्यक्षता चुवा वडा (१२) कमिटिका अध्यक्ष खिमलाल पोख्रेलले गरेका थिए भने सञ्चालन नारायण पोख्रेले गरेका थिए ।