काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने बाँकी ११ जनाको सूची मंगलबार साँझ मोटामोटी तयारी पारेको छ ।
स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले सबै समूहसँगको छलफलपछि ११ जनाको नाम टुङ्गो लगाएका हुन् । मंगलबार साँझ तयार पारिएको सूची बुधबार बिहानसम्म फेरबदल हुन सक्ने स्रोतको भनाइ छ ।
दैनिक नेपाललाई प्राप्त अनौपचारिक जानकारी अनुसार सीतादेबी यादब, डा.शेखर कोइराला, अर्जुन नरसिंह के.सी., बालकृष्ण खाँड, नबीन्द्रराज जोशी, शंकर भण्डारी, दीपक गिरी, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, फर्मुल्लाह मन्सुर र गगनकुमार थापाको नाम मन्त्री बन्ने सूचीमा रहेका छन् ।
कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई देउवाले बुझाएमा बुधबार नै शपथको कार्यक्रम राखिनेछ ।
कांग्रेसभित्रको आन्तरिक विवादले मन्त्रीहरूको चयन हुन सकेको थिएन ।











प्रतिक्रिया