३१ आश्विन २०८३, शनिबार

विश्वकप क्रिकेटका लागि महिला खेलाडीको छनोट

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-Cricket

काठमाडौँ, ७ भदौ । आइसिसी विश्वकप छनोट एसिया–२०१६ का लागि आज ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा परिषदले पहिलो चरणमा ३८ खेलाडीको छनोट गरेको हो ।

राष्ट्रिय छनोट प्रतियोगिताअघि जिल्ला छनोट असार २८ र क्षेत्रीय छनोट असार ३० देखि ३१ गतेसम्म भएको थियो । छनोट हुने खेलाडीमा रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मी शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, सङ्गीता राई र शोभा आले छन् ।

त्यसैगरी रचना अर्याल, सीता श्रेष्ठ, शारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, ईन्दु बर्मा, वर्षा राणा, सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा, ममता थापा तथा गीता गोसाईं छिन् ।

तृष्णा सिंह, रोशनी बोहरा, कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता रानामगर, सरिता मगर, सोनु खड्का, ज्योति पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी प्रारम्भिक छनोटमा पर्न सफल भए । उक्त छनोट प्रतियोगिता आगामी असोज २३ देखि २९ गतेसम्म हङकङमा हुँदैछ । रासस