काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिसम्म पार्टीबाट मन्त्री बन्नेहरूको टुङ्गो लाग्ने बताउनुभएको छ ।
काठमाडौंको टोखास्थित आफ्नै निवासमा महामन्त्री डा.शशांका कोइरालाले जिल्ला सभापतिहरूको स्वागतमा आयोजित चियापान कार्यक्रममा सभापति देउवाले भोलि बुधबार कांग्रेसका मन्त्रीहरूको टुङ्गो लाग्ने बताउनुभयो । ‘भोलिसम्म कांग्रेसबाट सरकारमा जाने मन्त्रीहरूको टुङ्गो लाग्छ’, उहाँले भन्नुभयो, ‘कुराकानी भइरहेको छ ।’
मन्त्रिमण्डल गठन भएको तीन साता भइसक्दा पनि कांग्रेसभित्रको आन्तरिक बिबादले मन्त्री हुनेहरूको टुङ्गो लाग्न सकेको छैन ।
यसैबीच, कांग्रेसले संसदीय दलमा स्थानीय निकायको पुनर्संरचनाका विषयमा छलफल भएको छ । (तस्बिर सौजन्य यूपी लामिछाने)











प्रतिक्रिया