२७ कार्तिक २०८३, शुक्रबार

चन्द समूह अल्पमतमा, राणालाई चन्दको ज्ञापनपत्र चाबहिलमा

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra Bahadur Chand-Pashupati Shumsher Ranaकाठमाडौं, ७ भदौ । कमल थापासँग पार्टी एकता गर्नुपर्ने भन्दै दबाब दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द समूहले अध्यक्ष पशुपति शम्शेर राणालाई ज्ञापन पत्र बुझाएको छ ।

काठमाडौंको चाबहिलस्थित पार्टी मुख्यालयमा केन्द्रीय सदस्य भवन पाठकको नेतृत्वमा पुगेका १०–१२ जनाको समूहले ज्ञपानपत्र दर्ता गराएको हो । १०७५ नम्बर दर्ता रहेको ज्ञापनपत्रमा राप्रपा र राप्रपा नेपालवीच छिटो एकता गर्नुपर्ने उल्लेख रहेको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

चन्द समूहबाट ज्ञापनपत्रम ३५ जना पदाधिकारी र केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा वरिष्ठ नेता चन्दका साथै महामन्त्री बुद्धिमान तामाङ, सांसद तथा केन्द्रीय सदस्य जयन्त चन्द रहेका छन् । राणालाई ज्ञापनपत्र बुझाएपछि राप्रपाभित्रको बिबाद बाहिरैसम्म आएको छ ।

‘कमल थापासँग जसरी पनि पार्टी एक हुनु पर्छ भनेर ज्ञापनपत्रमा आमन्त्रित समेत ३५ जना मात्र केन्द्रीय सदस्यहरूको हस्ताक्षर छ’, सहप्रवक्ता गिरीले भन्नुभयो, ‘राप्रपा केन्द्रीय कार्यसमितिले यस अगाडि पारित गरेको एकता सम्बन्धि प्रस्ताब अल्पमतमा परेको छ ।’ राप्रपाको विधानमा केन्द्रीय कार्यसमितिको संख्या १ सय ७ रहेको छ ।

सहप्रवक्ता गिरीले भन्नुभयो, ‘पार्टी एकीकरणको प्रस्ताव अल्पमतमा परेको छ । अब कसैले चाहेर पनि पार्टीलाई एकताको प्रक्रियामा अगाडि लैजान सक्ने आबस्था देखिएन ।’

महामन्त्री बुद्धिमान तामाङका साथै भुवन पाठक र जयन्त चन्दको उक्साहटमा वरिष्ठ नेता चन्दले राप्रपा नेपालसँग पार्टी एकता गर्नुपर्ने भन्दै दबाबमा उत्रिएको स्रोतको भनाइ छ ।