२७ कार्तिक २०८३, शुक्रबार

नेपाल-भारतबीच सम्बन्ध सुधार, नयाँ सरकारलाई उच्च महत्वः उपप्रम निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-nidhi

काठमाडौं, ७ भदौ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो भारत भ्रमणले नेपाल–भारतबीच सम्बन्ध सुधार भएको दाबी गरेका छन् ।

सरकारको दूतका रुपमा ५ दिने भारत भ्रमण सकाएर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण निश्चित भएको बताए ।

उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण पनि निश्चित भएको दाबी गर्दै भारतले नयाँ सरकारलाई उच्च महत्व दिएको बताए ।

भारतीय उच्च अधिकारीसँगको भेटमा नयाँ सरकारको प्राथमिकता संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचन गर्नु रहेको कुरा जानकारी गराएको उनले बताए ।