१ कार्तिक २०८३, आइतबार

प्रमोदको स्वरमा सूर्य र सुजनाको रोमान्स (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

video image 1

काठमाडौ । गायक प्रमोद खरेलको स्वर तथा पछिल्लो समय उदायमा गीतकार सुर्य श्रेष्ठको शब्द रहेको ‘पारी नतर्दै ..’ बोलको गीतमाथि बनेको भिडियो सार्वजनिक भएको छ ।

युट्युव मार्फत सार्वजनिक भएको यो गीतमा सचिन गिरीले संगीत दिएका छन् । निकै मार्मित यो गीतमा भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा गीतकार समेत रहेका मोडल सुर्य श्रेष्ठ र सुजना ढुङ्गानाले अभिनय गरेका छन् । गीतको भिडियो हरपल गुरुङ्गले निर्देशन गरेका हुन् ।
चलचित्र सिलसिला, र टेलिचलचित्र यसपालीको दशै, झ्याइक्टी झ्याई, दशै होकी दसा लगायत केहीमा राम्रो अभिनय कौसल प्रस्तुत गरिसकेका सुर्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा पनि देखिदै आएका छन् ।

नाम र इज्जत कमाउने अभिलासाले कला क्षेत्रमा होमिएका सुर्य बिसतारै फड्को पनि मार्दै छन् यसै क्षेत्रमा । सार्वजनिक म्युजिक भिडियोको बारेमा भने उनले यसो भने ‘भिडियो मैले निकै मेहनत गरेर अभिनय गरेको छु, दर्शकले पनि मनपराई दिनु हुन्छ होला ।’