तपाईंको कामको बिरोध हैन तर तपाईंको नैतिकताको सवालचाहि पक्कै हो । ‘यो देशको नेतृत्व गर्ने तपाईहरुलाई योजना भन्दा बढी नैतिकता चाँहिन्छ ।’
यो प्रसङ्गमार्फत मेरा अभिव्यक्तिहरु तपाईलाई पठाउँदै छु ।
एकपटक सेनापति आफ्नो बलियो र तगडा घोडामा सवार भएर सिपाहीहरु समेत लिएर कतै जाँदै हुनुहुन्थ्यो, जब कुनै गाउँमा पुग्नुभयो तब एकछिन थकाइ मार्न चौतारीमा रोकिनु भयो, त्यो गाउँका मुखिया (गाउँलेले मानेका नेता) पनि सेनापतिलाई भेट्न आउनु भयो, कुराकानी चल्दै थियो सेनापतिले भन्नुभयो– ‘मेरो घोडा भोकाए जस्तो छ, यो गाउँमा सबैभन्दा राम्रो धानबाली कस्को छ ? त्यो खेतमा यो घोडालाई एकछिन चर्ने (खाने) ब्यवस्था मिलाउनु पर्यो ।’ तब मुखियाले भन्नुभयो– ‘ऊ त्यो खेत, जहाँ धान पनि पाक्न लागेको छ र धान पनि सबैभन्दा राम्रो छ,त्यही लगेर चराउनु भए हुन्छ ।’ सेनापतिले सिपाहीलाई घोडा चराउन पठाउनुभयो । करिब एक घण्टापछि जब घोडा अघाएर आयो र कुराकानी पनि सकियो तब सेनापतिले धानखेतको क्षतिपूर्ति बापत केही रकम दिदै भन्नुभयो– ‘यो खेत कस्को हो ? उहाँलाई यो रकम दिनु ।’ तब मुखियाले भन्नुभयो– ‘खेत मेरै हो, धानबाली त मेरो भन्दा अरुको नै राम्रो र सप्रेको पनि थियो, मैले चाहेको भए अरुको धानखेतमा पनि घोडा चराउने आदेश दिन सक्थे, त्यो अधिकार पनि मलाई थियो, तर मेरो नैतिकताले त्यसो गर्न दिँदैन थियो, त्यसैले मैले आफ्नै खेत देखाए, किनकि अधिकार छ भन्दैमा मैले मेरो नैतिकता बिर्सन हुँदैन ।’
ख्याल गर्नुहोला…..
अब हामी जनताले तपाईंको कामसँगै इमान्दारीता र नैतिकता पनि खोज्ने छौं ।
प्रेसक
रबिन कटवाल















प्रतिक्रिया