२७ कार्तिक २०८३, शुक्रबार

एमालेको स्थायी समिति आज पनि बस्दै, राजनीतिक विषयमा समीक्षा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meetingकाठमाडौं, ७ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को दुई सातादेखि जारी स्थायी समितिको बैठक आज पनि बस्दैछ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल हुनेछ । बैठकमा पार्टीले लिने भावी रणनीतिका विषयमा समेत छलफल हुने बुझिएको छ ।

सरकारबाट बाहिरिएपछि राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै आएको एमाले स्थायी समितिले राजनीतिक विषयहरूमा सूक्ष्म रुपमा छलफल गर्दै आएको एक नेताले बताए ।