काठमाडौं । ई प्लानेट प्रा.लि.ले पद्मिनी झालाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१६ को उपाधि प्रदान गरेको छ ।
पद्मिनीले अब चीनको ग्वान्झाउ शहरमा सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१६’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिसेस् युनिभर्स २०१६ आगामी २९ अगष्टदेखि सेप्टेम्बर ६ तारिखसम्म चीनमा संचालन हुनेछ ।
मिसेस् युनिभर्स २०१६ मा सहभागी हुन जानुपूर्व पद्मिनीले कोरियोग्राफर रोजिन शाक्यबाट प्रशिक्षण प्राप्त गर्नेछिन् । मिसेस् युनिभर्स लागि पद्मिनीले फेसन डिजाइनर विश्व गौतमले तयार पारेको परिहन लगाउने छिन् भने उनले ट्यालेन्ट राउन्डमा घरेलु हिंसा शीर्षकमा अभिनय कला प्रस्तुत गर्ने भएकी छिन् । जसका लागि उनी अभिनय प्रशिक्षक विमल सुवेदीको मार्ग निर्देशन पछ्याउने छिन् ।
मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि ई प्लानेट प्रा.लि.कै संयोजन र व्यवस्थापनमा सन् २०१३ मा मीना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना सो प्रतियोगितामा मिसेस् कन्जिलियाटी अवार्ड जित्न सफल भएकी थिइन् ।
यसै गरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रनजीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् ।
मिसेस् नेपाल युनिभर्स २०१६ का रुपमा चयन भएकी पद्मिनी झा हाल आई.डी. नेपाल कन्सल्टेन्ट प्रा.लि.मा सोसियोलजिष्टका रुपमा कार्यरत छिन् ।
उनी यस अघि एग्रो फोरेस्ट्री बेसिक हेल्थ एण्ड कोअपरेटीभ नेपालमा काउन्सेलर तथा पर्सनालिटी डेभलपमेन्ट कोच, फोकल पोइन्ट, साउथ इष्ट एशियामा कम्युनिकेसन अफिसरका रुपमा कार्यरत थिइन् ।
यी लगायत अन्य सामाजिक संस्थाहरुमा पनि उनको व्यवसायिक अनुभव रहेको छ । भारतको नयाँ दिल्ली स्थित साउथ एशियन युनिभर्सिटीबाट सोसियोलजिमा स्नात्तोत्तर गरेकी पद्मिनीको रुची अध्ययन, लेखन, स्केचिङ, अभिनय, संगीत, नृत्य तथा फोटोग्राफीमा रहेको छ ।
उनी युपिएसी सिभिल सर्भिस परीक्षाका लागि प्रस्ताव गरिएको ‘इन्टरनेसनल अर्गनाइजेसन’ नामक पुस्तकका लेखिका पनि हुन् ।
मिस नेपाल २००९ की सहभागि समेत रहिसकेकी पद्मिनी करिब एक वर्ष नेपाल वन् टेलिभिजनका हेलो नेपाल नामक कार्यक्रमको भिजेका रुपमा पनि अनुभव सँगालिसकेकी छिन् ।
मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । हालका मिसेस् युनिभर्स अर्थात् २०१५ का विजेता क्यानाडाकी एस्ली कलिङबुल बर्नहाम हुन् ।
हरेक वर्ष झैं यो हिंसा विरुङको अभियानमा रहेको मिसेस् युनिभर्स यो पटक घरेलु हिंसा विरुद्धको अभियानमा समर्पित रहेको छ ।















प्रतिक्रिया