३१ आश्विन २०८३, शनिबार

१८औँ एसियन गेम्सका लागि हुने पुम्से छनोट समितिमा गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taekwondo grand master deepraj gurung atu poomse commiteeकाठमाडौं, ७ भदौ । एसियन तेक्वान्दो महासघं(एटियू)को विज्ञ कमिटीमा तेक्वान्दोका संस्थापक तथा नेपाल तेक्वान्दो सघंका महासचिव दीपराज गुरुङ मनोनित भएका छन् ।

एटियू केही दिन अगाडीमात्र गठन गरेको पुम्से विज्ञको समितिमा नेपाली तेक्वान्दोका महागुरु गुरुङलाई सदस्यमा मनोनित गरेको थियो । सन् २०१८मा इन्डोनेसियाको जाकार्तामा हुने १८औँ एसियन गेम्समा तेक्वान्दोको पुम्से पनि समावेश हुदैछ ।

जसअन्तर्गत कस्तो किसिमको पुम्सेको रहने लगायत विविध विषय उक्त पुम्से विज्ञ कमिटीले छनोट गर्नेछ । यसअघि साग,एसियन गेम्स र ओलम्पिकमा पुम्से विधा समावेश गरीएको थिएन ।

तर सन् २०१८ को जाकार्ता एशियन गेम्सबाटै पुम्सेले पहिलो पटक अफिसियल रुपमा स्थान पाएको छ । एटियूले आगामी एशियन गेम्समा समावेश गरिने पुम्सेको नया संस्करणलाई प्रतियोगिताको रूपमा ल्याउने समेत योजना बनाएको नेपाल तेक्वान्दो सघंले जनाएको छ ।

जसमा नेपालका बरिष्ठ तेक्वान्दो प्रशिक्षक दीपराज गुरूङ्गलाई पुम्से छनोटमा रायसल्लाह दिनेछन् । पुम्से एक्पार्ट समितिले ती पुम्सेहरूको नाम के हुनेभन्ने विषयमा निर्णय गर्नेछ ।

यसका लागि पहिलो चरणमा विज्ञहरूको समूहले सोबारे दैनिकरूपमा फोन तथा ईमेलमार्फत आफ्नो रायसुझाव आदनप्रदान गर्ने र अन्य आवश्यक विषयहरूमा काम गरि रहेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छातामा रहेर हुने प्रतियोगिताका लागि समीतीले नयाँ पुम्सेको प्रतिपादन गर्नेछन् । जसमा नेपालको तर्फबाट पुम्सेमा उत्कृष्ट दावेदारी हुने तेक्वान्दो सघंले जनाएको छ । गुरुङको सहभागीताले नेपालले पुम्सेमा पदक जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ ।

यसअघि करिब एक महिना अगाडीमात्रै गुरुङ कुकिवन एडभाईजर कमिटीको सदस्यमा चयन भएका थिए । दक्षिण कोरियामा रहेको कुकिवनको हेडह्वाटरलाई गुरुङलाई तेक्वान्दोमा लामो समयदेखि योगदान पु-याए वापत एडभाइजर कमिटीको सदस्यमा चयन गरेको थियो ।

तेक्वान्दोमा लामो समयदेखि योगदान पु-याएको र कुकिवन एडभाइजर बोर्डका लागि सक्षम रहेको निस्कर्ष अनुरुप कुकिवनले गुरुङलाई उक्त समीतीमा छनोट गरेको हो ।