स्विजरल्याण्ड । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति स्पेनको यही सेप्टेम्बर १८ तारिखमा हुने पाँचौं अधिबेशनमा हीरालाल सापकोटाले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बाग्लुङ्ग जिल्लाको मल्म १ गल्कोटमा जन्मिएका सापकोटाले महामन्त्रीमा मतदान गर्न सबैलाई अपील गरेका छन् । सापकोटा कांग्रेसको भातृ संगठन नेविसंघ हुँदै पार्टीमा आवद्ध भएका थिए ।
जनजागृति उच्च माबिमा विद्यार्थी जीवन बिताएका सापकोटा २०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागिता पनि जनाएका थिए ।
रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौंको रात्रि इकाई अध्यक्षदेखि विभिन्न सामाजिक संस्थाहरुमा सहभागी हुनुका साथै शिक्षण पेशा समेत अंगालेका सापकोटा नेपाल शिक्षक संघमा पनि आबद्द थिए ।
नेपाली जनसम्पर्क समिति स्पेनको केन्द्रीय सदस्यदेखि प्रबक्ता समेत रहेका उनी स्कुलले जीवनदेखि नै कांग्रेसको राजनीतिमा आवद्ध हुदै आएका छन् ।
स्नातकसम्मको अध्ययन पुरा गरेका उनी विगत ४ वर्षदेखि स्पेनमा बस्दै आएका सापकोटा गल्कोट समाज स्पेनका महासचिब पनि हुन् ।
२८ वर्षीय सापकोटा हाल जनसम्पर्क समिति स्पेनको महामन्त्रीको दावेदार रहेका छन् । सो पदका लागि सापकोटाले प्रचार प्रसार तीब्र बनाएका छन् ।















प्रतिक्रिया