१ कार्तिक २०८३, शनिबार

नेप्टा फिल्म अवार्ड २०१६ युएईमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nefta

– त्रिलोचन कोइराला

युएई । नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा फिल्म अवार्डको नवौं संस्करण आगामी २०१६ डिसेम्बर २३ (पौष ८) गते युएईमा हुने भएको छ ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्दै नेपाली कला सस्कृतिलाई विश्व बजारसम्म पुर्याउन तथा नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारीकरण गर्न नेपाल चलचित्र प्राविधिक संघले अगस्ट २१ तारिक दुबाईमा पत्रकार सम्मेलन मार्फत डिसेम्बर २३ तारिकमा नेफ्टा फिल्म अवार्ड २०१६ आयोजना गर्ने घोषणा गरेको छ ।

नेपाल चलचित्र प्राविधिक संघले नौ वर्षा देखि नियमित आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको छैठौँ, सातौँ र आठौ संस्करणको अवार्ड क्रमश हंगकंग, मलेसिया र कतारमा सफलरुपमा सम्पन्न भएको थियो। नेफ्टाले नवौं नेफ्टा फिल्म अवार्ड युएईमा गर्न लागिरहेका जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

नेपाल चलचित्र प्राबिधिक संघको नेफ्टा फिल्म अवार्र्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि स्पेक्ट्रम एडभरट्राइंङ् एण्ड मिडिया कन्सल्टेट र कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनि संगको सहकार्यमा सम्पन्न हुनेछ ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको तयारी तिब्र रुपमा अगाढी बढिरहेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले पत्रकार सम्मेलनमा बताए | अध्यक्ष लामाले बिदेशमा बसी रहेका नेपालीहरुको ईच्छा अनुसार नै बिदेश मै यो वर्ष पनि उक्त अवार्ड गरीने जानकारी गराए ।अवार्डले फिल्मकर्मीलाई अझ ऊर्जा थप्छ । कलाकारले पाउने प्रोत्साहनले नै नेपाली चलचित्रको उन्नतिप्रगति हुने गर्दछ ।

कार्यक्रम अवार्ड वितरणको भए पनि  नेपाल, नेपाली अनि हाम्रो सामाजिक सास्कृतिक कला तथा मौलिक पहिचानको प्रबर्द्धन एबम प्रस्तुति गर्ने कार्यक्रमहरु रहने छन । जसका लागि अहिले फिल्म दर्ता गर्ने काम  भई रहेको  पत्रकार सम्मेलनमा आयोजकले बताए |

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको पाँचौ संस्करणसम्म नेपालमै आयोजना गरिएको थियो । नेफ्टाले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको स्तरोन्नति गर्न टेवा पु¥याउन मलेसिया, हङ्कङ, कतार हुँदै यसवर्ष युएईमा हुने भएको छ ।

युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न हुन लागेको नवौं संस्करण नेफ्टा फिल्म अवार्डको युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी र राजन अधिकारीले गर्ने भएका छन |

नेपाली चलचित्र प्रविधि सङ्घ र कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको   बीच अवार्ड कार्यक्रम सम्पन्न गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको पत्रकार सम्मेलनमा युएईको ब्यबस्थापन हेरिरहेका सालिक सुबेदीले बताए ।

नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा फिल्म अवार्डको नवौं संस्करण युएईमा भब्यरुपमा सफल बनाउन युएईमा क्रियासिल सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी तथा पत्रकारहरु सबैलाई सहयोग गरिदिनुहुन कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका राजन अधिकारीले आग्रह गरेका छन ।