काठमाडौं, ६ साउन । राप्रपा नेपालले पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवास महेन्द्र मञ्जिलको विजुली लाइन काटेर सरकारले ठिक नगरेको बताएको छ ।
उर्जामन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा आइतबार नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि राप्रपा नेपालले सो कार्यलाई अमानवीय कार्य भनेको छ ।
‘८९ वर्षीया बयोवृद्धा पूर्व मुमाबडामहारानीबाट प्रयोग भइरहेको महेन्द्र मञ्जिलको विद्युतको लाइन काट्ने कार्य अत्यन्त अमानवीय, अमर्या्दित र अनुपयुक्त छ,’ राप्रपा नेपालले भनेको छ, ‘नेपाल सरकारको स्वामित्व रहने गरी मञ्जिलमा बस्ने व्यवस्था मिलाउने सरकारकै पूर्वनिर्णय उल्लंघन हुने गरी लाइन काट्नु सभ्य सरकारलाई सुहाउने विषय हैन ।’
राप्रपा नेपालले उक्त निर्णय तत्काल सच्याई बिजुली आपूर्ति सुचारु गराउन माग पनि गरेको छ ।













प्रतिक्रिया