शिकागो, अमेरिका । अमेरिकाको सुन्दर शहर शिकागोमा नेपालीहरुको साझा संस्था शिकागोल्याण्ड फ़्रेण्डशिप सोसाइटी(CNFS) को आज सम्पन्न कार्य समितिको निर्वाचनमा शिकागोका चर्चित समाजसेवी टेकराज पौडेल बिजयी भएका छन् ।
आफ्ना प्रतिद्वन्द्वी चन्नु प्रसाद भट्टराईलाई उल्लेख्य मतान्तरले उछिन्दै श्री पौडेल बिजय भएपछि छोटो प्रतिकृया दिदै नेपाली समुदायको हक़ हित र संस्कृति संरक्षणका साथै खेलकूद र रोज़गार अभिमुखिकरण आदि क्षेत्रमा उल्लेख्य जोड़ दिने र निकट भविष्यमै संस्थाको आफ्नै स्वामित्वको भवन तर्फ पहलकदमी गरिने उनले बताए ।
शिकागो क्षेत्रमा यस संस्थाले पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषाको कक्षा संचालन, खेलकूद, नयाँ बर्ष, तीज तथा दशैँ शुभकामनाका साथै नेपालमा भैपरि आएका प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आएको छ ।
आगामी दुई बर्षका लागि निर्वाचित १५ सदस्यीय सो समितिमा प्रथम उपाध्यक्ष पदमा गणेश थापा, द्वितीय उपाध्यक्षमा ईश्वरी पाठकले झिनो मतको अन्तरले चर्चित युवा बाबुराम सापकोटालाई पराजित गरेका छन् । तृतीय उपाध्यक्षमा बिक्रम थापा, महासचिवमा कृष्ण बर्तौला र कोषाध्यक्षमा मुकेश चौधरी र सदस्यहरुमा डा. अमित खनाल, डा. राजेन्द्र पंगेनी, सुमन पाठक, कलाकार मिन दर्लामी, दक्षिणा दाहाल र सिर्जना चापागाईँ निर्वाचित भएका छन् ।
Executive Committee: elected 21 August 2016
President – Tekraj Paudel
Vice-President 1 – Ganesh Giannia Thapa
Vice-President 2- Ishwori Pathak
Vice President 3 – Bikram Thapa
General Secretary – Krishna P. Bartaula
Treasurer – Mukesh Kumar Chaudhary
Executive Members :
1 . Shrijana Pathak Chapagain
2. TN bhandari ( Vishwas Bhandari)
3. Suman Pathak
4. Dakshina Dahal Bhandari
5. Manoj Chaudhary
6.. Rajendra Prasad Pangeni
7. Om Prakash Dumre
8. Min Darlami Magar
9. Amit Khanal















प्रतिक्रिया