काठमाडौँ, ६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि भदौ १० गते सिंगापुर जाने भएका छन् ।
खाना खाएपछि पेट दुख्ने तथा अपच हुने समस्याको उपचाका लागि देउवा सिंगापुर जान लागेका सहयोगी भानु देउवाले जानकारी दिएका छन् ।
सभापति देउवा सिंगापुरस्थित माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउनका लागि जान लागेका हुन् ।
देउवाले खाना खाएपछि पेट दुख्ने तथा अपच हुने समस्याको उपचार तीन वर्ष अगाडी सिंगापुरमा नै गराएको भानुले बताएका छन् ।
एक वर्ष पछि त्यस अस्पतालमा नियमित चेकजाँचका लागि जानुपर्ने भएपनि पछिल्ला दुइ वर्षमा समय मिलाउन नसकेकाले जानसक्नु भएको थिएन् ।
यसपटक समय मिलाएर पाँच दिनका लागि श्रीमती आरजुको साथमा सभापति देउवा सिंगापुर जान लागेका हुन् ।
सिंगापुरमा रहँदा देउवा पत्नी आरजुको पनि स्वास्थ्य उपचार हुने छ ।












प्रतिक्रिया