१ कार्तिक २०८३, आइतबार

गीतकार गोबिन्दको तीज गीतले छम छम नचायो (भिडियो)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda

युएई, दुबई । ननाचेनी नाचु नाचु लाग्ने तीज गीत । सुन्दा सुन्दा सुनी रहु लाग्ने तीज गीत। नेपालीपन झल्कने तीज गीत। छम छम नचाउने तीज गीतले आजभोली नेपाली सङीत बजार तातेको छ। यस्तो गीत कोर्ने स्रष्टा हुन गीतकार गोबिन्द प्रसाद उपाध्याय।

२०७१ सालको चर्चित सदबहार तीज गीत ‘आमाले दिएको यो रातो फरिया’ गायिका शोभा त्रिपाठी पछी फेरि २०७३ सालमा चर्चित गीतकार गोबिन्द प्रसाद उपाध्यायको शब्दमा सदाबहार मिठो तीज बजारमा आएको छ ‘चलेछ मग मग बासना’। यो तीजको गीतमा स्वर टिका प्रसाइको छ भने संगीत अनिष श्रेष्ठको र संगीत सम्योजन सुन्दर लामाले गर्नु भएको छ।

कस्तो बनेको छ त तीजको गीत र कस्ता शब्द छनौट गर्नुभएको छ भन्ने हाम्रो प्रश्नमा उपाध्याय भन्छन्– मैले सदाबहार तीज गीत लेखेको छु। एक बयस्क युवती को मनमा तीज पर्ब आऊदा के कस्ता भावना र इच्छा आकान्छा पैदा हुन्छन त्यो भावना लेख्ने प्रयास गरेको छु । मौलिकता झल्कोस भन्ने मेरो प्रयास् छ । म बास्तबिक जीवनसंग मेल खाने र यथार्थता बोकेका शब्दहरु लेख्न रुचाउने भएकोले मेरा शब्दले नेपाली सांगीतिक समाज र ब्यक्तिगत जीवनलाई सन्देश र नौलोपन पैदा गरोस भन्ने चाहन्छु ।

बर्तमान नेपाली सङितको क्षेत्रमा गीतकार उपाध्याय ठाउँ परिबेश अनि समसामाजिक बिषयबस्तुलाई ट्पक्कै टिपेर सुन्दर गीत रचनामा ढाल्न खप्पिस हुनुहुन्छ। छोटो समयमा अत्यन्तै चर्चा कमाउनु भएका गीतकार उपाध्यायले स्नगीतको हरेक बिधामा आफुलाई अब्बल देखाउनु भएको छ।

हालसम्म आफैले सत्यता र सत्यता –२ एल्बम बजारमा ल्याईसकेका र छोटो समयमा नेपाली सांगीतिक फाटमा शीर्ष स्थान ओगट्न सफल गीतकार उपाध्यायले सत्यता–३ को रेकर्डिङ कार्य अगाडि बढाएका छन् ।

नेपालकी चर्चित गायिका अन्जु पन्त फेरि सत्यता–३ मा स्वर दिएकी छिन् । सत्यता–३ मा पनि गीतकार उपाध्यायले गायिका पन्तलाई समेटेका हुन् । यससँगै अब गीतकार गोविन्द र अञ्जुको सांगीतिक सहकार्यको ‘हयाट्रिक’ हुने भएको छ ।

अञ्जुले सत्यता–एकमा ‘कथा जिन्दगीको’ बोलको गीत गाएकी थिइन भने ‘सत्यता–२’मा मनोज राजसँगको युगल गीत ‘कस्तो माया लाइयो हजूर’ गाएकी थिइन् ।

हेर्नुस् भिडियो: