१९ कार्तिक २०८३, बिहिबार

पुरातात्विक मुर्तीहरु चोरी गर्ने तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Murti-chori

ललितपुर, ५ भदौ । गत साउन १० गते राति ललितपुर उपमहानगरपालिका–१२ नौदोवहालस्थित रहेको बुद्ध मन्दिरको बाहिरी पट्टीको कच्ची गाह्रोमा प्वाल पारी भित्र गई ढोकाहरुमा लगाएको ताल्चाहरु काटी मन्दिरभित्र रहेको करिब ४ सय वर्ष पुरानो सुनको जलप लगाएको प्राचिन मुर्तिहरु र सो को गहनाहरु समेत चोरी गर्ने मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप गाउँसरा-४ घर भई ललितपुर ईमाडोल वस्ने ५३ बर्षीय मान बहादुर मगर, काभ्रे भिमखोरी-३ घर काभ्रे वनेपा बस्ने ३६ बर्षीय गणेश बहादुर श्रेष्ठ र दोलखा लाकुरीडाँडा–४ घर भई काभ्रे वनेपा बस्ने ४६ बर्षीय वासुदेव केसी भन्ने मिन बहादुर खत्री रहेका छन् ।

Murti-chori-1

प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेकोमा आइतबार ललितपुर उपमहानगरपालिका-१२ स्थित चोरी भएको स्थान नजिकै सडक बाटोमा कालो झोलामा छाडिएको अवस्थामा मुर्तीहरु र सोको गहनाहरु समेत फेला परेको थियो ।

चोरी घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।