काठमाडौं, ५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालयका सबइन्जिनियर दिनेश श्रेष्ठलाई घुस लिँदा लिँदै पक्राउ गरेको छ ।
घर निर्माण सम्बन्धी प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई महाराजगंजस्थित नियालो रेष्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया