पर्सा, ५ भदौ । वीरगन्ज उपमहानगरपालिका– २५ मा सञ्चालित विश्वकर्मा सिमेन्टमा आज बिहान गाडीबाट थिचिँदा एक मजदुरको मृत्यु भएको छ ।
सिमेन्ट उद्योगकै नाममा दर्ता रहेको ना १ क २३७५ नंको लोडरबाट गजरनाथपुर निवासी ५० वर्षीय शिवशङ्कर साह गोढको मृत्यु भएको हो । बिहान ४ः४५ बजे सिमेन्ट उद्योगको दक्षिणतर्फको खाली भागमा गोढ बसिरहेका बेला लोडर चालक पर्सा, ध्यानसिंह पिपरा गाविस निवासी रवीन्द्र साह तुरहाले चलाएको लोडरले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।
शव उद्योगमै राखी मजदुरले मृतकका आश्रित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उद्योग बन्द गरेका छन् ।
लोडर चालक तुरहा भने फरार छन् । मजदुर र उद्योग व्यवस्थापकबीच क्षतिपूर्तिका विषयमा छलफल चलिरहेको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया